नाबुन बुटवल उपमहानगरकमिटीको अध्यक्षमा शान्ता खत्री जिसी निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन)को चैत्र २८ गते सम्पन्न बुटवल उपमहानगरकमिटीको चौथो अधिवेशनले शान्ता खत्री जिसीको अध्यक्षतामा १३ सदस्यिय कमिटी निर्वाचित गरेको छ ।
त्यसैगरी नाबुनले चैत्र २९ गते रूपन्देही जिल्लाको भैरहवामा स्किन केयर र मोल रिमुभ तालिम सम्पन्न गरेको  छ। 

तालिम कार्यक्रमको शुभारम्भ गर्नु हुंदै जिफण्ट राष्ट्रिय कमिटी सदस्य रन्जु भट्टराईले संगठनमा आवद्ध सदस्यहरूको सिप बिकास तालिमले सदस्यहरूको दक्षता अभिवृद्धि हुनुका साथै संगठन बिस्तारमा पनि महत्वपुर्ण सहयोग पुग्ने बताउनु भयो ।

नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीले सौन्दर्यकर्मीहरूको दक्षता अभिबृद्धीकालागि नाबुनले सहयोग गर्दै आइरहेको बताउनु हुंदै अझ यस्को बिस्तार र बिकासकालागी संगठनलाइ बलियो बनाउनु पर्नेमा जोड दिनु भएको थियो । 

स्किन एस्थेटिक रिना ओझाले छालाको स्याहार सम्भार, कस्मेटिक प्रोडक्ट प्रयोग गर्ने तरिका र मोल रिमुभ बिषयमा तालिम दिनु भएको थियो भने नावुन सुदूरपश्चिम सहईन्चार्ज झुम अधिकारीले सिटिईभिटी तह १ र तह २ को सिप परिक्षण सम्बन्धित अभिमुखीकरण समेत सञ्चालन गरेको थियो ।