अन्तरराष्ट्रिय श्रम संगठन – आइएलओको १७ औं एसिया प्रसान्त क्षेत्रीय बैठक सिङ्गापुरमा ६–९ डिसेम्बरमा सम्पन्न भएको छ ।
सिंगापुरकी राष्ट्रपति हालिम याकोबले उद्घाटन गर्नुभएको उक्त बैठकमा नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को तर्फबाट अध्यक्ष बिनोद श्रेष्ठ, महासचिब लक्ष्मण शर्मा र नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, जेटियुसिसि, एनटियूसि, अन्टुफका प्रतिनिधीहरूले भाग लिनु भएको थियो ।

आईएलओका महानिर्देशक गिल्बर्ट एफ होउंगबोले "Renewed Social Justice for a Human Centred Recovery" बिषयक पेश गर्नु भएको प्रतिवेदन माथी बिभिन्न देशका सरकार, श्रमीक तथा रोजगारदाताहरुको प्रतिनिधिहरुले आ-आफ्ना विचारहरु प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा ब्यवसायजन्य स्वास्थ्य र सुरक्षा मैलिक अधिकारको कतारको उदाहरण बिषयमा कतार सरकारद्वारा आयोजित विशेष सत्रमा जिफण्टको तर्फबाट टिप्पणी गर्दै महासचिव लक्ष्मण शर्माले नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरिसकेको सन्दर्भमा कतार सरकार वा रोजगारदाताहरुले उक्त कार्यक्रममा योगदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
.jpg)
यसैबिच नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठ, महासचिव लक्ष्मण शर्माले, आइटियुसी महासचिब, आईएलओका महानिर्देशक र सिङ्गापुरको श्रममन्त्री संगको छुट्टा छुट्टै भेटमा विशेष छलफल समेत सम्पन्न भएको थियो ।
