जिफन्ट सहयोग समुहले कुवेतबाट एक महिलाको उध्दार

नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट सहयोग समुहले बिगत ३ महिना अगाडी कुवेत पुगेकी चन्द्रमाया चेपाङलाइ उध्दार गरी गत जेठ २४ गते नेपाल पर्काएको छ ।

धादिङ जिल्लाको जोगिमारा वडा नं ६ की ३५ वर्षिय चेपाङ बैदेशिक रोजगारीका लागी ३ महिना अगाडी स्थानीय एजेन्ट बिनोद चेपाङ मार्फत फ्रि भिषा फ्रि टिकट भनेर झुक्काएर कुवेत पुर्याएका थिए । 

चन्द्रमायाका अनुसार कुवेत पुगे पछी कुवेटको प्रेम नाम गरेको अर्को एजेण्टले ६५० डल्लरमा कुवेतको घर मालिकलाइ बेचे पछी मात्र भिजिट भिसामा पठाएको थाहा पाएको बताउछिन 

कुवेत पुराएर घरको दैनिक १८ घण्टा काम गर्नु पर्ने भए पछी बिरामी भएकोले काम गर्न नसक्ने भए पछी नेपाल फर्काइदिन आग्रह गर्दा ३ लाख ५० हजार दिए मात्रै घर फर्काई दिने भने पछी तनाबमा परेकी चन्द्रमायाले साथी मार्फत उद्धार गरिदिन जिफन्टमा अनुरोध गरेको थियो