नेपाल ट्रेड यूनियन महासंघ– जिफन्टले योगदानमा आधारित सामाजिक सुरक्षाको पाचौ दिवस मंसिर ११ गते देशभर बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
जिफन्ट प्रदेश कमिटी–१ को बिराटनगरमा सम्पन्न कार्यक्रममा प्रदेश अध्यक्ष किशोर धमलाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जिफन्टले चार वर्ष भित्र बिस लाख श्रमिकहरुलाई समाबेस गराउने लक्ष्य राखेको बताउदै कोषको बारेमा आ–आफ्नो ठाउमा प्रचार प्रसार गर्न आग्रह गर्नु भयो ।
.jpg)
अध्यक्ष धमलाले असगठित श्रमिकहरुलाइ स्थानीय तह मार्फत पन्जिकरण गरि श्रमिकको तथ्यांक राख्न र त्यही मार्फत योगदानमा आधारीत सामाजिक सुरक्षामा जोड्न समेत माग गर्नु हुंदै भर्खर सम्पन्न निर्वाचनमा नेकपा एमालेलाइ बिजय बनाउन चुनावी अभियानमा खट्नु भएका सबै साथीहरूलाइ धन्यवाद दिदै नेकपा एमालेबाट बिजय हुनु भएका सबैलाइ बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गर्नु भयो।
जुगकाटेमयु प्रतिनिधि परिषद प्रमुख धर्मानन्द सन्जेलले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा क्युपेक नेपालले प्लम्बर सम्बन्धी सञ्चालन गरेको दक्षता अभिबृद्धी तालिममा सहभागी बिस जना श्रमिक साथीहरूलाइ प्रमाण पत्र बितरण गरिएको थियो ।

त्यसैगरी जिफन्ट त्रियुगा नगर कमिटिको आयोजनामा उदयपुरको गाइघाटमा जिफन्ट राष्ट्रिय कमिटी सदस्य माया भण्डारीको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी उपाध्यक्ष शशी कुमार राईले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रमको अध्यक्षता जिफन्ट नगर कमिटी अध्यक्ष जस बहादुर तामाङले गर्नु भएको थियो ।
त्यसैगरी मधेश प्रदेश कमिटीको आयोजनामा सिमरा स्थीत जिफन्ट सभाकक्षमा कार्यक्रमको शुभारम्भ गर्दै जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष मन्जु थापामगरले योगदानमा आधारित सामाजिक सुरक्षा नेपाली श्रमिकहरुको भविष्यको लागि कोषे ढुङ्गा भएको भन्दैे सबै क्षेत्रका श्रमिकहरुलाई कोषमा आवद्ध गर्नु पर्नेमा जोड दिनु भयो ।
.jpg)
जिफन्ट मधेश प्रदेश अध्यक्ष कमलेश झाले कार्यक्रमको अध्यक्षता गर्दै योगदानमा आधारीत सामाजिक सुरक्षा कोषवाट श्रमिकहरुको जिवनयापनमा सहज बनाइ रहेकोले कोष श्रमिकको लागी संजिवनी बुट्टीको रुपमा सावित भएको बताउनु भयो ।
कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटीका सदस्य गिता भण्डारी, क्यूपेक नेपालका केन्दीय सदस्य शोभा खतिवडा ह्वीनका केन्दीय सदस्य मनोज चौधरी स्वस्थ्य तथा कर्मचारी ट्रेड यूनियन नेपालका केन्द्रीय सदस्य अम्बिका साह लगायतका अतिथीहरु सहभागि रहेको कार्यक्रमको संचालन
प्रदेश सचिब मुक्ति चौधरीले गर्नु भएको थियो भने स्वागत मन्तव्य प्रदेश कमिटी सदस्य शान्ती दासले गर्नु भएको थियो ।
.jpg)
हाम्रो भविष्य, सामाजिक सुरक्षा–सहकार्य, योगदान र सहभागिता भन्ने मुलनाराका साथ बागमती प्रदेशमा केन्द्रकृत रुपमा जिफन्ट केन्द्रीय कार्यालयको आयोजनामा सभागृहमा जिफन्ट संरक्षक बिष्णु रिमालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा योगदानमा आधारीत सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवाली, डब्लुएसएम नेपालका प्रतिनिधी ब्रेनो, बुढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामा लगाएतले मन्तब्य राख्नु भएको थियो ।
.jpg)
बागमती प्रदेशकै चितवन जिल्लाको भरतपुरमा राष्ट्रिय सौन्दर्यकर्मि यूनियन नेपालको आयोजनामा दिप प्रज्वलन गरी शुभकामना आदान प्रदान गर्नुका साथै अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्ग बाल बालीकालाइ बिभिन्न सामंग्री बितरण तथा सर–सफाइ गरी सामाजिक सुरक्षा दिवस मनाइएको छ ।
त्यसैगरी जिफन्ट गण्डकी प्रदेश कमिटीको आयोजनामा पोखरा स्थीत जिफन्ट सभाहलमा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै जिफन्ट पुर्व उपाध्यक्ष मिना गुरुङ्गले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु भए देखी हाल सम्म औपचारिक क्षेत्रका करिब ३ लाख ३५ हजार ९ सय ४ श्रमिक सुचिकृत भएको जानकारी गराउदै जिफन्टले आषमी ४ वर्षमा २० लाख श्रमिकलाई योगदानान आधारित सामाजिक सुरक्षा योजनामा समेट्ने गरी अभियान संचालन गर्ने बताउनु भएको छ ।
.jpg)
कार्यक्रमको अध्यक्षता गर्दै प्रदेश कमिटी अध्यक्ष रुद्र बहादुर खत्रीले योगदानमा आधारीत सामाजिक सुरक्षा अनौपचारिक, स्वरोजगार र बैदेशीक रोजगारमा संलग्न श्रमिकहरुलाई पनि समेट्ने गरी कार्यान्वयन हुनु पर्नेमा जोड दिंदै, सामाजिक सुरक्षा बोर्डले पोखरामा पनि शाखा कार्यालय स्थापना गर्न लागेकोमा खुशी ब्यक्त गर्दै सामााजिक सुरक्षा प्रणली अन्तरगत औषधी उपचार, मातृत्व सुरक्षा, वृद्ध अवस्था सुरक्षा, आश्रित परिवार सुरक्षा, बेरोजगार सहयता योजनाका लगायतका सुविधा प्राप्त गर्न सकिने बताउनु भयो ।
.jpg)
जिफन्ट गण्डकी प्रदेश कमिटी सचिब राजेन्द्र प्रसाद पौडेलले संचालन गर्नु भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननिय विद्या भट्टराई, माननिय दामोदर पौडेल “बैरागी” गण्डकी प्रदेश सभा सदस्यहरु माननिय भीमबहादुर कार्की र माननिय गणेश गुरुङ्ग र जिफन्ट गण्डकी प्रदेश कमिटी उपाध्यक्ष कमरेड लिला बहादुर कार्कीले मन्तव्य राख्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेशको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर स्थीत जिफन्ट सभाकक्षमा राष्ट्रिय कमिटी सदस्य चन्द्रा कुमारी धामीको प्रमुख आतिथ्यतामा विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरुको उपस्थितीमा पांचौं सामाजिक सुरक्षा दिवस मनाएको छ ।

प्रदेश अध्यक्ष तेज प्रकाश जिसीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अध्यक्ष जिसीले प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक नेपालको संविधानले प्रत्याभूत गरेकाले श्रमिकहरु एकजुट भई सामाजिक सुरक्षा प्रणालीमा जोडिन अभियान नै थाल्नु पर्ने बताउनुभयो ।
सामाजिक सुरक्षा प्रणालीलाई धमिल्याउन खोज्ने र श्रमिकहरुबीच भ्रम पैदा गरी श्रमिकहरुको हकको विरुद्ध लाग्ने जो कोहीलाई खबरदारी गर्दै सबै श्रमका क्षेत्रमा कार्यान्वयन गराउन जिफन्ट सँधै कटिबद्ध रहेको बताउनु हुदै आगामी चार वर्ष भित्र २० लाख श्रमिकहरु सामाजिक सुरक्षा योजनामा समावेश गर्ने जिफन्टको राष्ट्रिय अभियानमा कर्णाली प्रदेशबाट प्रतिवद्ध भई सूचिकरणका लागि चेतनामूलक कार्यक्रम, प्रशिक्षण, परामर्शसहित कार्यक्रम अगाडी बढाउने बताउनु भयो । कार्यक्रम प्रदेश सचिव श्रीपाल सारु मगरले सञ्चालन गर्नुभएको थियो ।

त्यसैगरी नेपाल ट्रेड युनियन महासंघ जिफण्ट सुदुर पश्चिम प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रिय अनुशासन विभाग सदस्य दिपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यमा योगदानमा अधारीत सामाजिक सुरक्षाको पांचै स्थापना दिवस मनाइएको छ ।
जिफण्ट सुदुर पश्चिम अध्यक्ष जित बहादुर मल्लको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य यज्ञ दुङ्गानाको उपस्थीतीमा सम्पन्न उक्त कार्यक्रमको संचालन जिफण्ट सुदुरपस्चिम प्रदेश कमिटी सचिव चन्द्र प्रकाश गैह्रेले र उपसचिब शोभा रावलले स्वागत गर्नुभएको थियो ।