बारा जिल्लाको जितपुर-सिमरा उपमहानगर पालिका वडा न. ५ (जितपुर) स्थित हिमाद्री फुडस प्रा. लि.मा आधिकारिक ट्रेड युनियन समग्र उद्योग ट्रेड युनियन नेपालले ३ दिनदेखि गर्दै आएको हड्ताल अन्त्य भएको जानकारी दिएको छ ।
त्यहाँको व्यवस्थापनसँग श्रमिकको माग पुरागर्ने सन्दर्भमा भएको सम्झौता पछि विभिन्न आन्दोलनका कार्यक्रम फीर्ता भएको व्हिनको तर्फबाट सामुहिक सौदावाजी समितिको संयोजक गोबिन्द चौधरीले जानकारी दिनुभयो ।
मागको सुनुवाइ नभएको भन्दै त्यहाँका श्रमिकहरू हड्तालमा उत्रेका हुन् ।
सम्झौता अनुसार हिमाद्री फुडस व्यवस्थापनले श्रमिकहरूलाई मासिक २ हजार तलब वृद्धि, वार्षिक २ महिना बराबर बोनस, रेनकोट, ज्याकेट, पिकनिक खर्चमा वृद्धि गर्न तयार भएको हो ।
व्हिनले गत २०८० पुष महिनाको १८ गते कम्पनी समक्ष पेश गरेको ३ सुत्रीय माग पुरा गराउन शान्तिपूर्ण दबाब दिँदे आइरहेको थियो ।