श्रमिकको परिवारको जीवनसँगै उभिनु पनि ट्रेड युनियन आन्दोलनको दायित्व होः जिफन्ट अध्यक्ष श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले श्रम क्षेत्रको बढ्दो अनौपचारिकीकरण, परिवर्तित श्रम बजारको मागअनुरूप श्रमिकको सीप, दक्षता र क्षमता र जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभाव तथा न्यायोचित संक्रमण लगायतका बिषय बर्तमान अवस्थामा श्रम क्षेत्रले सामना गरिरहेका अत्यन्त महत्त्वपूर्ण र अन्तरसम्बन्धित विषय रहेको बताउनु भएको छ ।

अध्यक्ष श्रेष्ठले समावेशी संगठन निर्माण, सीप विकास तथा न्यायपूर्ण संक्रमणका विषयमा मंसिर ५ गते देखी डेनिस ट्रेड युनियन (3F) ले आयोजना गरेको कार्यक्रममा बताउनु भएको हो ।

मंसिर ७ गते समापन कार्यक्रमलाइ सम्बोधन गर्नु हुंदै अध्यक्ष श्रेष्ठले श्रम क्षेत्रको भविष्य केवल कति रोजगारी सिर्जना भयो भन्ने कुराले निर्धारण गर्दैन। ती रोजगारी कति मर्यादित छन्, श्रमिक कति दक्ष छन्, उनीहरूको सामाजिक सुरक्षा कति सुनिश्चित छ र बदलिँदो अर्थतन्त्रमा उनीहरूको भविष्य कति सुरक्षित छ भन्ने कुराले निर्धारण गर्ने भन्नु हुंदै भोटेकोशीको विपद्पछि जिफन्टले प्रभावित श्रमिक परिवारसँग उभिएर गरेको राहत तथा पुनस्र्थापनाको कामले पनि श्रमिक आन्दोलनको जिम्मेवारी कार्यस्थलमा श्रमिकको अधिकारको रक्षा गर्ने मात्र सीमित हुँदैन, संकटको समयमा श्रमिक र उसको परिवारको जीवनसँगै उभिनु पनि ट्रेड युनियन आन्दोलनको दायित्व हो भन्ने महशुस भएको बताउनु भएको थियो । 

यही अनुभवलाई नीतिगत र रणनीतिक अभियानमा रूपान्तरण गर्न अनौपचारिक श्रमको औपचारिकीकरण, श्रमिकको सीप तथा दक्षताको अभिवृद्धि र जलवायु परिवर्तनसँग न्यायोचित संक्रमण, औपचारिक रोजगारी, दक्ष श्रमिक र सुरक्षित भविष्य श्रमको सम्मान, सीपको विकास, सामाजिक सुरक्षाको सुनिश्चितता र जलवायु न्याय यही दृष्टिकोणबाट सरकार, रोजगारदाता, ट्रेड युनियन र सरोकारवाला सबै पक्षको साझा अभियान हुनुपर्नेमा जोड दिनु हुंदै यस्कालागी सार्थक सहकार्य र सामाजिक संवाद अघि बढाउन अध्यक्ष श्रेष्ठले आह्वान समेत गर्नु भयो ।