न्यायपूर्ण आप्रवासन, सामाजिक सुरक्षा तथा मर्यादित काम प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया प्रशान्त क्षेत्र (ITUC-AP) र सार्टुकद्वारा कार्तिक २ र ३ गते ट्रेड युनियनहरूको क्षेत्रीय कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा श्रमिकको न्यायपूर्ण नियुक्ती, अनुचित श्रमको रोकथाम, उचित ज्याला, सामाजिक सुरक्षा र न्यायमा पहुँच लगायतका बिषयमा छलफल भएको थियो ।
आप्रवासी श्रमिकको छनोट प्रक्रियादेखि गन्तव्य देशमा काम गर्दासम्म भोग्ने समस्याहरूको सम्बोधनका लागी ट्रेड युनियनको भूमिका प्रभावकारी बनाउने विषयमा जोड दिइएको कार्यक्रममा सीमापार ट्रेड युनियन सहकार्य विस्तार गर्दै आप्रवासी श्रमिकको अधिकार संरक्षणका लागि साझा रणनीति निर्माण गर्ने गर्नु पर्ने बिषयमा समेत छलफल गरेको थियो ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले प्रवाशी श्रमिकहरूको समस्या र समाधानका बारेमा प्रकाश पार्नु भएको कार्यक्रममा उपाध्यक्ष बिदुर कार्किले प्रवाशी श्रमिकको अधिकारकालागी जिफन्टले गरेका पहलहरूको बारेमा बताउनु भएको थियो ।