नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भाद्र १० गते आएको बाढी प्रभावितहरुको उद्धार तथा मानवीय सहायताको अग्रपंक्तिमा खटिन जिफन्ट र आवद्ध युनियनसबैलाई अनुरोघ गरेको छ।
भाद्र ११ गते जिफन्ट सभाहलमा जिफन्ट तथा आवद्ध युनियनका नेताहरू सहित बसेको आकस्मीक बैठकमा अध्यक्ष बिनोद श्रेष्ठले सम्पूर्ण नेता, कार्यकर्ता, तथा सदस्यहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा मानवीय सहायताको अग्रपंक्तिमा खटिन निर्देशन दिनु भएको हो।

बैठकले उद्धार, राहात, क्षेती बिवरणको तथ्थाङ्क संकलन र भैतिक संरचना पुनरनिर्माणकालागी अध्यक्ष बिनोद श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्य कमिटी समेत निर्माण गरेको छ ।