रोजगारदाता र श्रमिकबीच सहकार्य तथा संवादमार्फत साझा समस्याको समाधान खोज्नुपर्नेमा जोड

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र JTUCC र नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) नेतृत्व बिच औद्योगिक सम्बन्धलाई थप सुदृढ बनाउने, लगानी तथा औद्योगिक वातावरण सुधार गर्ने र रोजगारीका अवसर विस्तार गर्ने विषयमा द्विपक्षीय बैठक भाद्र ९ गते सम्पन्न भएको छ । 

बैठकमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) तथा JTUCC अध्यक्ष बिनोद श्रेष्ठले महासंघ र JTUCC बीचको द्विपक्षीय बैठक सामान्य छलफलमा मात्र सीमित नरही व्यवसाय तथा श्रम क्षेत्रमा देखिएका समसामयिक समस्याहरूको पहिचान गर्दै तिनको समाधानका उपाय खोज्ने प्रभावकारी मञ्चका रूपमा विकास हुनुपर्ने बताउनु हुंदै रोजगारदाता र श्रमिकबीच सहकार्य तथा संवादमार्फत साझा समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनु भएको थियो ।

अध्यक्ष श्रेष्ठले औद्योगिक शान्ति, श्रमिकको अधिकार, र देशको आर्थिक विकासका लागि उद्योग वाणिज्य महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको सम्बन्ध अझ सुदृढ हुने विश्वास सहित  महासंघको नवनिर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।