अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले साउन २७ गते युवा श्रमिक केन्द्रित कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना दिँदै युवाको शक्ति, जोश र जाँगरलाई सकारात्मक रूपमा ट्रेड युनियन आन्दोलनमा जोड्नुपर्ने बताउनुभयो। युवा श्रमिकलाई संगठनमा आबद्ध गराउँदै आन्दोलनको नेतृत्वमा स्थापित गर्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा रुसको अल रसियन ट्रेड युनियन अफ फिजिकल कल्चर, स्पोर्टस एण्ड ट्युरिजम अफ रसियन फेडरेशन (ट्रेड युनियन अफ स्पोर्टस अफ रूस) को आयोजनामा साउन २२ गतेदेखि मस्कोमा आयोजित बास्केटबल प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल जिफन्ट आबद्ध स्पोर्ट्स युनियन नेपालका खेलाडी तथा पदाधिकारीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले युवा श्रमिकलाइ संगठनमा अवद्ध गर्न सामाजिक नेटवर्कको महत्वको बारेमा प्रकाश पार्नु भएको कार्यक्रममा प्रशिक्षकको तर्फबाट रामशरण बजगाइ र प्रशिक्षार्थिहरूको तर्फबाट शिवहरी सुवेदी र कोपिला मैनालिले मन्तब्य राख्नु भएको थियो भने जिफन्ट युवा कमिटी अध्यक्ष बिकी श्रेष्ठले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा जिफन्टले संचालन गरेको युथ एण्ड एसएनएस तालिममा सहभागि युवाहरूलाइ सहभागिताको प्रमाण पत्र समेत बितरण गरेको थियो ।
थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नु होला ।
https://www.facebook.com/media/set/?set=a.122202028886435116&type=3