वेस्टजेटका उडान परिचारिकाहरुद्वारा ऐतिहासिक हड्तालका लागि मतदान सुरु
नेपाल ट्रेड युनियन महासंघ ( जिफण्ट ) का महासचिव लक्ष्मण शर्माले विश्वभरि नै लोकतान्त्रिक स्पेस खुम्चिदै गएको बताउनु भएकोछ ।
असार १२ गते लेबर टेलिभिजनसँगको कुराकानीमा महासचिव शर्माले निजामती र स्वास्थ्य क्षेत्रमा ट्रेड युनियन अधिकार खारेज गरिनु , सामाजिक सुरक्षा कोष, श्रम सल्लाहकार परिषद् र वैदेशिक रोजगार बोर्डबाट श्रमिकको प्रतिनिधित्व हटाउनु भनेको लोकतान्त्रिक स्पेज खुम्चाएको बताउनु भएको छ ।
महासचिब शर्माले नेपालमा भएको ट्रेड युनियन खारेजीको घटनालाई लिएर अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा गम्भीर छलफल भएको बताउनु हुँदै ट्रेड युनियन आन्दोलनमाथि नियोजित प्रहार भएको भन्नु हुंदै ११४ अं अन्तरराष्ट्रिय श्रम सम्मेलनले 'प्लेटफर्म अर्थतन्त्र' (डिजिटल इकोनोमी) मा आबद्ध श्रमिकहरूको मर्यादित कामसम्बन्धी महासन्धि १९३ अनुमोदन भए पछी प्लेटफर्म श्रमिकले पनि संगठित हुने, सामूहिक सौदाबाजी गर्ने र कार्यस्थलको सुरक्षा लगायतका आधारभूत श्रम अधिकारहरू प्राप्त गर्ने बाटो खुलेको बताउनु भएको छ।
बदलिँदो प्रविधि र श्रम बजारको स्वरूपसँगै ट्रेड युनियनहरूले पनि आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिनु हुंदै महासचिब शर्माले परम्परागत शैलीले मात्र नयाँ पुस्ताका प्रविधिमैत्री श्रमिकहरूलाई समेट्न नसकिने भएकाले युनियनहरूले प्रविधिको उच्चतम प्रयोग गरी उनीहरूकै भाषा र अनुकुलतामा संगठित गर्नुपर्ने बताउनु भएको छ ।