सात दिनभित्र माग पूरा नभए दृष्टिबिहीनहरु रिले अनशन बस्ने चेतावनी

दृष्टिबिहीन स्वरोजगारहरूले सांस्कृतिक कार्यक्रम गर्दा पशशुपति क्षेत्र विकास कोष, महानगर प्रहरी, बौद्ध विकास कोष, जनपथ प्रहरीले धरपकड र कुटपिट गर्ने गरेको आरोप लगाउदै सडकपेटी केन्द्रित स्वरोजगारमूलक व्यवसायीहरुको समूहले असार १०गते माईतीघर मण्डलामा धर्ना दिएको छ । 

आफूहरुको आयश्रोतको माध्यम भनेकै सांगितिक कार्यक्रम भएको बताउदै सांस्कृतिक कार्यक्रम गर्दा प्रशाशनले धरपकड र कुटपिट समेत गर्ने गरेको बताउनु भएको छ ।

सात दिनसम्म धर्ना बस्दा पनि सरकारले गास, बास र कपासको माग पूरा नगरे रिले अनसन शुरु गर्ने  चेतावनी समेत दिइएको छ ।