हेटौंडा उपमहानगरपालिकाद्वारा सामाजिक सुरक्षा परिचयपत्र वितरण

हेटौंडा उपमहानगरपालिकाले असार २ गते अनौपचारी क्षेत्रमा काम गर्ने ६० जना श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदै परिचयपत्र वितरण गरेको छ ।

श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम अन्तर्गत उपमहानगरपालिका भित्र रहेर बिभिन्न क्षेत्रमा काम गरीरहेका अनौपचारीक श्रमिकहरुलाई उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले परिचयपत्र वितरण गरेको हो ।

कोषमा आवद्ध गराउँनका लागि उपमहानगरले प्रतिश्रमिक १ हजार १४० र योगदान कार्ताले १ हजार ३४० रुपियाँ प्रतिमहिना जम्मा गर्नुपर्ने छ ।