शिक्षक सङ्गठनद्वारा अन्तर्राष्ट्रिय श्रम सङ्गठनलाई युनियन अधिकार हननबारे ध्यानाकर्षण

नेपालका पेशागत क्षेत्रको ट्रेड युनियनहरूको खारेजी तथा संगठित हुने र सामूहिक सौदाबाजीको अधिकार संकूचन गरिएको विषयमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले June 1 देखी जेनेभामा सञ्चालन भइरहेको ११४औ अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन र विश्व महासंघहरूलाई ध्यानाकर्षण गराएको छ । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष हंशबहादुर शाही र महासचिव प्रकाश खनाल द्वारा हस्ताक्षरित पत्र ११४औ अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनमा श्रमिकको तर्फबाट प्रतिनिधित्व गर्दै जेनेभा पुग्नु भएका जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठलाइ जेठ २२ गते जिफन्ट कार्यालयमा अध्यक्ष शाही र महासचिब खनालले हस्तान्तरण गरेको थियो ।