आईटीयूसी ग्लोबल राइट्स इन्डेक्स २०२६ : श्रमिक अधिकारमाथि बढ्दो विश्वव्यापी आक्रमण
नेपाल ट्रेड युनियन महासङघ (जिफन्ट) ले जेष्ठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३-०८४ को बजेट वक्तव्य प्रति ध्यानाकर्षण भएको भन्दै बक्तब्य जारी गरेको छ।
प्रस्तुत बजेट वक्तव्य महत्वाकांक्षी भएको भन्दै शिक्षा, स्वास्थ्य र कृषी क्षेत्रहरुमा गर्नुपर्ने लगानी खुम्च्याएको र समग्र श्रम क्षेत्र र अनौपचारिक श्रमिकहरुको लागि रोजगारी बृध्दि तथा मर्यादित जीवन यापनका आधारहरु निर्माण गर्ने प्रस्तावहरुको अभाव रहेको जिफन्टको बक्तब्यमा उल्लेख छ।
सार्वजनिक क्षेत्रमा कार्यरत न्यून वैतनिक कर्मचारीहरुको पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाले श्रमिकको संरक्षण सहित सुशासन कायम गर्ने प्रतिवध्दताको अभाव रहेको बक्तब्य मा उल्लेख गरेको छ ।