अध्यादेश मार्फत ट्रेड युनियनहरु खारेज गरिनु संविधानमाथिको आक्रमणः जिफन्ट अध्यक्ष

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले ट्रेड युनियनहरुलाई जिस्काउने काम नगर्न बालेन सरकारलाई चेतावनी दिनु भएको छ । 

अध्यक्ष श्रेष्ठले बैसाख २६ गते पोखरामा जिफन्टका अगुवा नेतृत्वसंग कुराकानी गर्नुहुँदै निजामती सेवा ऐन र नेपाल स्वास्थ्य सेवा ऐन अन्तर्गत दर्ता रहेका १२ वटा ट्रेड युनियनहरु अध्यादेश मार्फत खारेज गरिनु संविधानमाथिको आक्रमण रहेको बताउनु भएको हो ।

सरकार निरंकुश बन्दै गइरहेको र श्रमिकहरुलाई तर्साउन खोजिरहेको भन्नु हुंदै अध्यक्ष श्रेष्ठले यही दिशामा सरकार उन्मुख रहे श्रमिकहरुले यो सरकारलाई आफ्नो शक्ति देखाउनु पर्ने दिन धेरै टाढा नभएको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले जिफन्टले संचालन गरेको “कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि; प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि!” को अभियान सफल बनाउन युवा श्रमिकहरूलाइ परीचालीत मात्र हैन युवा नेतृत्व बिकासमा समेत जिफन्टले महत्वकासाथ काम गरीरहेको बताउनु भएको छ ।