श्रम तथा रोजगार कार्यालय काठमाण्डौले एभिसिआइ–केडिएन चाइना सिभिल इन्जिनियरिङ कन्सट्रक्सन करपरेशन लिमिटेड जेभी (AVCI-KDN China Civil Engineering Construction Corporation Limited JV) मा चालक पदमा कार्यरत असोक अधिकारीलाइ १० लाख पच्चीस हजार सातसय तेह् रूपया सोह् पैसा भुक्तानी गर्नु पर्ने ठहर गरेको छ ।
अन्तर्राष्ट्रिय बिमान स्थलको पूर्वी क्षेत्रको हेङगर एरीया डेभलोमेन्ट परियोजना (Hangar Area Development Project) तथा सम्बन्धित कार्यहरूका लागि एभिसिआइ–केडिएन चाइना सिभिल इन्जिनियरिङ कन्सट्रक्सन करपरेशन लिमिटेड मार्फत बिगत २०७९ साल जेठ २६ गते देखि चालक पदमा रहेर अविछिन्न सेवा गर्दै आएका असोक अधिकारीलाइ गत २०८२ असार ७ गतेदेखी बिना कारण २ महिनाका लागी जगेडामा राखेको थियो ।
जगेडामा राखेको अबधि व्यतीत भैसक्दा पनि काममा नवोलाए पछी प्रचलित श्रम ऐन २०७४ बमोजिम हुने गरि शेवा सुविधा उपलब्ध गरि पूर्ववत काम लगाई पाउ भनि श्रम ऐन २०७४ बमोजिम नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सहयोगमा २०८२ साल मंसिर २६ गते ब्यवस्थापक र श्रम कार्यालयमा निवेदन पेश गरेको थियो ।
यस सम्बन्धमा श्रम कार्यालयले पटक पटक दुबै पक्ष राखि वार्ता मार्फत छलफल गराउदा समेत सहमति हुन नसके पछि प्राप्त प्रमाणहरुका आधारमा श्रम ऐन २०७४ को दफा १६३ (२) अनुसार बैसाख २१ गते निर्णय गरेको हो ।