ट्रेड युनियन अधिकार कुण्ठित बनाउने प्रयासप्रति जिफण्टको आपत्ति

नेपाल सरकारले लोकतन्त्र, संवैधानिक व्यवस्था सहितको ट्रेड युनियन अधिकार तथा जनजीविका कुण्ठित हुने गरी अघि बढेको सन्दर्भमा जिफन्टको गम्भीर ध्यानाकर्षंण भएको जनाएको छ।

संसदको बैठक स्थगित गरी एकतर्फी ढङ्गले अध्यादेश मार्फत कानुनहरु निर्माण र खारेज गर्दै अलोकतान्त्रिक प्रकृया अपनाएकोमा जिफन्टले गम्भीर विमती प्रकट गरेको छ ।

त्यसैगरी निजामती क्षेत्रमा ट्रेड युनियन गठन गर्ने प्रावधानको खारेजी, त्रिपक्षीय संरचनामा भएका श्रमिक र रोजगारदाताहरुको प्रतिनिधित्वको व्यवस्थालाई राजनीति नियुक्ती करार गरी खारेज गर्नुका साथै, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई वैकल्पिक व्यवस्थापन नगरी उठिवास लगाउने कारवाहीको जिफन्टले विरोध गरेको हो ।

जिफन्टले सरकारलाई नेपालको संवैधानिक व्यवस्था, त्रिपक्षीयता सहित ट्रेड युनियनका आधारभूत मूल्यमान्यता र नेपाल पक्ष राष्ट्र भई अनुमोदन गरेका आइएलओ अभिसन्धीहरुको पालना गर्न अनुरोध गर्दै अन्यथा यसले गर्नसक्ने गम्भीर र दीर्घकालिन असरहरुबो बारेमा पनि सरकारलाइ सचेत गराउएको छ ।