आइएलओ नेपालका निर्देशक नुमान ओज्कानले श्रम मुद्दाहरू कहिल्यै अमूर्त नहुने भन्नुहुंदै नेपालमा अन्तर्राष्ट्रिय श्रम संगठनका प्राथमिकताहरू, सरकार, रोजगारदाता, कामदार र विकास साझेदारहरूसँगको साझेदारीमा राम्रो रोजगारी, बलियो अधिकार र अर्थपूर्ण सामाजिक संवादको माध्यमबाट सम्मानित कामलाई प्रवर्द्धन गर्ने विषयमा प्रतिबिम्बित रहेको बताउनु भएको छ ।
निर्देशक ओज्कानले चैत्र २ गते द डिप्लोम्याट नेपाललाई अन्तर्वार्ता दिनु हुंदै गत २०२३ अप्रिल देखी नेपाल आएदेखि आफूलाई देशको सामाजिक, आर्थिक र सांस्कृतिक परिदृश्य र नेपाली समाजको न्यानोपनले गहिरो प्रभाव पारेको बताउनु भएको हो ।
नेपालमा अन्तर्राष्ट्रिय श्रम संगठनको मुख्य उद्देश्य भनेको मर्यादित काममार्फत सामाजिक न्यायलाई अगाडि बढाउनु हो, आर्थिक प्रगति केवल संख्याको वृद्धिको बारेमा मात्र नभइ श्रमजीवी जनताका लागि सम्मान, अधिकार, सुरक्षा, अवसर र निष्पक्षता महत्वपुर्ण रहेको भन्नु हुंदै निर्देशक ओज्कानले नेपालमा रोजगारी, अधिकार र संवाद आइएलओ प्राथमिकताको बिषय रहेको बताउनु भएको छ ।
