जिफन्टद्वारा केन्द्रीय निर्वाचन परीचालन कमिटी गठन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले फागुण २१ गते हुन गइरहेको प्रतिनिधी सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाइ बिजय गराउन पुस २९ गते बसेको जिफन्ट पदाधिकारी तथा सचिवालय बैठकले जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको संयोजकत्वमा १ हजार १०१ सदस्य केन्द्रीय निर्वाचन परीचालन कमिटी  गठन गरेको छ ।

परीचालन कमिटीमा जिफन्ट राष्ट्रिय महाधिवेशन प्रतिनिधी परीषद सदस्य, जिफन्ट केन्द्रीय बिभाग तथा संरचना, जिफन्ट युवा तथा महिला कमिटी, आवद्ध युनियनका केन्द्रीय सदस्यहरू र प्रदेश कमिटी तथा प्रदेश महिला तथा युवा कमिटीका सदस्यहरू रहेको छ ।