नेकपा एमाले मजदुर बिशेष जिल्ला कमिटी द्वारा पुस २५ गते जिफन्ट स्कुल अनामनगरमा नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा निर्वाचित श्रमिक नेताहरूलाइ बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले सचिब तथा राजधानी प्रदेश कमिटी इन्चार्ज डा राजन भट्टराइले संविधानको सर्वोच्चता, शान्तिपूर्ण लोकतान्त्रिक प्रणालीमार्फत सरकार परिवर्तन गर्ने विधि नै नेकपा एमालेको मूल मान्यता रहेको भन्नुहुंदै शान्तिपूर्ण मागप्रति एमालेको पनि सहमति रहेको र सुशासनको पक्षमा एमाले दृढ रूपमा उभिएका बताउनु भयो ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नेकपा एमाले र ट्रेड युनियनको सम्बन्धका बारेमा प्रकाश पार्नु हुंदै एमालेलाइ बर्गिय पार्टी बनाउन पार्टी भित्र श्रमिकहरूको सदस्यता र क्रियाशीलता जरूरी रहेकोमा जोड दिंदै श्रमिकहरू जहिले पनी पहलकदमी, प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने कुरामा बिस्वास राख्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा जिफन्ट बरिष्ठ युनियनकर्मी संजाल प्रमुख बिना श्रेष्ठले ट्रेड युनियन अन्दोलनमा क्रियाशिल हुंदै पार्टीको केन्द्रीय स्तर सम्म अइपुग्नमा ट्रेड युनियन अन्दोलनको महत्वपुर्ण भुमिका रहेको भन्दै कठीन परीस्थीतीमा पनि काम गर्न यस्ता कार्यक्रमले प्रेरीत गर्ने बताउनु भयो ।
नेकपा एमाले मजदुर बिशेष जिल्ला कमिटी अध्यक्ष तुलसी सिवाकोटीको अध्यक्षतामा भएको बधाइ तथा सम्मान कार्यक्रमका अतिथी तथा सहभागीहरूलाइ उपाध्यक्ष किरण मालीले स्वागत र सचिब सुमन पराजुलीले कार्यक्रम संचालन गर्नु भएको थियो ।