फागुण २१ को निर्वाचन परिणाम नेकपा एमालेको पक्षमा अपरिहार्य

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्धारा पुस २४ गते जिफन्ट सभाहलमा आवद्ध युनियनका नेताहरू बिच फागुण २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा छलफल आयोजना गरेको छ । 

कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले सुशासन, विकास र समृद्धिको यात्रा र जनता र लोकतन्त्रका लागि फागुण २१ गतेको प्रतिनिधिसभाको निर्वाचन परिणाम नेकपा एमालेको पक्षमा अपरिहार्य रहेको बताउनु भएको छ । 

अध्यक्ष श्रेष्ठले श्रमिक संगठन र राजनैती पार्टि बिचको सम्बन्धको बारेमा प्रकाश पार्नु हुदै राजनीतीमा ट्रेड युनियनको भुमिकालाइ प्रभावकारी बनाउन सके मात्र राजनैती पार्टिलाइ वर्गिय पार्टी बनाउन सकिने भन्नु हुदै आशन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाइ बिजय बनाउने अभियानमा जिफन्टका सबै सरचना तथा सबै सदस्यहरू क्रियाशिल हुन पर्ने बताउनु भयो । 

प्रबिधीको बिस्तार र बिकास संगै निर्वाचन अभियानका स्वरूप पनि परीवर्तन गर्न आवश्यक रहेको भन्नु हुंदै अध्यक्ष श्रेष्ठले व्यवस्थित ढङ्गले प्रविधिको प्रयोग र फरक शैलीमा जिफन्टले निर्वाचन अभियान सञ्चालन गर्ने बताउनु भयो ।

जिफन्ट महासचिब लक्ष्मण शर्माले कार्यक्रमको उद्धेश्यमा माथी प्रकाश पार्दै फागुण २१ गतेको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट काठमाण्डो निर्वाचन क्षेत्र नं १० को उम्मेदवार जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको नाम सिफारीस भएको भन्नु हुंदै प्रतिनिधिसभामा श्रमजीवीहरूको प्रतिनिधीत्व गर्ने अवसरलाइ सुनिस्चीत गर्न सबै श्रमिकहरू परीचालन हुनु पर्ने बताउनु भयो । 

जिफन्ट पदाधिकारी, सचिबवालय र आवद्ध युनियनका नेताहरूको उपस्थीत रहेको कार्यक्रममा २० जना सहभागीहरूले भनाइ राख्नु भएको थियो ।