आटियुसी र टियुसिएद्वारा भेनेजुएलाको सैन्य कारबाहीको निन्दा एवम् भत्सना

अन्तर्राष्ट्रिय ट्रेड युनियन कन्फेडेरेसन (ITUC) र अमेरिकाको ट्रेड युनियन कन्फेडेरेसन (TUCA) ले बोलिभेरियन गणराज्य भेनेजुएलाको भूभागमा संयुक्त राज्य अमेरिकाको सरकारले जनवरी ३ मा गरेको सैन्य कारबाहीको पूर्ण र स्पष्ट रूपमा निन्दा एवम् भत्सना गरेको छ। ।

ITUC र TUCA ले स्वतन्त्र र सार्वभौम राष्ट्रमा गरिएको सैन्य हस्तक्षेपको घटना अन्तर्राष्ट्रिय कानुनहरुको आधारभूत सिद्धान्तहरूको गम्भीर उल्लंघनको भएको भन्दै भेनेजुएलाको भाग्यको निर्णय साम्राज्यवादी संरक्षण बिना भेनेजुएलाको जनताले लोकतान्त्रिक र शान्तिपूर्ण संयन्त्रहरू मार्फत गर्नुपर्छ भन्नेमा मान्यता कायमै रहेको बताएको छ ।

राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसको सैन्य आक्रमण र अपहरणको निन्दा गर्दै भेनेजुएलाका जनता र श्रमिकहरूसँग अन्तर्राष्ट्रिय ऐक्यबद्धता ब्यक्त गर्दे ट्रेड युनियन आन्दोलन, सधैं जस्तै, सार्वभौमसत्ता र आत्मनिर्णय, लोकतन्त्र र मानव अधिकारको रक्षाको अग्रपंक्ति रहेको ITUC र TUCA ले जनाएको छ ।