स्वतन्त्र र सार्वभौम राष्ट्रमा गरिएको सैन्य हस्तक्षेपको जिफन्टद्वारा निन्दा एवम् भत्त्र्सना

स्वतन्त्र र सार्वभौम राष्ट्रमा गरिएको सैन्य हस्तक्षेपको घटनालाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले अन्तर्राष्ट्रिय कानुनहरुको गम्भीर उल्लंघनको रुपमा लिँदै निन्दा एवम् भत्त्र्सना गरेको छ। 

जिफन्टले पुस २० गते एक बिज्ञप्ती प्रकाशन गरी अमेरिकी प्रशासनले २०२६ जनवरी ३ मा भेनेजुयलाको राजधानी काराकास र अन्य शहरहरुमा गरेको बमबारी र राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई कब्जा र अपहरण गरिएको बारेमा अमेरिकी राष्ट्रपति स्वयमले पुष्टि गरेका घटनाहरूको बारेमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । 

बिज्ञप्तीमा संबन्धित सबैलाई भेनेजुयला लगायत क्यारेबियन क्षेत्रको सार्वभौमसत्ता, दीगो शान्ति र लोकतन्त्रका प्रयत्नहरुको समर्थन जनाउँदै र  संवादको माध्यमबाट निकाश खोज्नको लागि जिफन्टले आव्हान समेत गरेको छ ।