श्रमिकको पञ्जिकरण र सामाजिक सुरक्षामा अनौपचारिक श्रमिक विषयक अन्तरक्रिया सम्पन्न

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ नेपाल आवद्ध समिती (आईटीयुसी न्याक)द्वारा  पुस ११ गते ललितपुर स्थित "स्थानीय तहमा श्रमिकको पञ्जिकरण र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अनौपचारिक क्षेत्रका श्रमिकको सहभागिता " विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले अनौपचारिक श्रमिकका लागि सामाजिक सुरक्षाको महत्वको बारेमा प्रकाश पार्नु हुंदै स्थानीय तहको सरकारले अनौपचारिक श्रमिकहरूको तथ्यांक संकलन मार्फत श्रमिक पञ्जिकरण गरी सामाजिक सुरक्षामा जोड्न उपस्थित स्थानिय तहका जनप्रतिनिधिहरूलाइ आग्रह गर्नुभएको छ । 

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले "औपचारिक क्षेत्रको अनिवार्यता, वैदेशिक रोजगारीको नियमितता, अनौपचारिक र स्वरोजगार श्रमिकको संख्या वृद्धि " नाराका साथ कोषले देशभर अभियान संचालन गरीरहेको बताउनु भएको थियो । 

आईटियुसी न्याकका अध्यक्ष योगेन्द्र कुंवरले कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नुहुंदै सहभागीलाइ स्वागत गर्नु भएको कार्यक्रममा आईटियुसी न्याकका सल्लाहकार कमिटीका सदस्य गणेश केसीले स्थानीय तहमा श्रमिकको पञ्जिकरण र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अनौपचारिक क्षेत्रका श्रमिकको सहभागिता बिषयमा अबधारणा प्रस्तुत गर्नु भएको थियो । 

जिफन्ट उपाध्यक्ष बिदुर कार्कीले सन्चालन गर्नु भएको कार्यक्रममा सामाजिक सुरक्षा कोषका प्रतिनिधि, ट्रेड युनियनका प्रतिनिधिहरु र जनप्रतिनिधीहरूले भनाइ राख्नु भएको थियो ।