जिफन्ट मधेश र सुदुरपस्चिम प्रदेशमा श्रमिक सम्बाद कार्यक्रम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा बदलिएको राजनैतिक परिवेशमा श्रमिकसंग सम्वाद कार्यक्रम मधेश प्रदेशको सिमरामा कार्तिक २२ गते सम्पन्न गरेको छ ।

अध्यक्ष बिनोद श्रेष्ठले बदलिएको राजनैतिक परिवेशले ट्रेड युनियन आन्दोलनलमा पारेको प्रभाव र अबको हाम्रे भुमिकाबारे प्रकाश पार्नु भएको थियो ।

उपाध्यक्ष मन्जु थापाले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको कार्यक्रममा सचिब हरी कार्की, प्रदेश अध्यक्ष कमलेश झा लगायतले मन्तब्य राख्नु भएको थियो ।

त्यसैगरी सोही दिन सुदुरपस्चिम प्रदेशमा जिफन्ट उपाध्यक्ष जनक चोधरीको प्रमुख अतिथ्यतामा, सचिब बिजया खड्का,   प्रदेश अध्यक्ष जित मल्ल र राष्ट्रिय कमिटी सदस्य माया गुरूङको उपस्थीतीमा  सम्पन्न भयो ।