बागमती प्रदेशमा श्रमिक संवाद कार्यक्रम संचालनकागी सचिवालय गठन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) वागमती प्रदेश अभियान तयारी बैठक कार्तिक १६ गते जिफन्ट सभाहलमा सम्पन्न भएको छ । 

प्रदेश भित्र ५ क्लस्टर र २३ घटक संगठनमा श्रमिक संवाद कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउनका लागि उपलब्ध राष्ट्रिय र प्रदेश कमिटी पदाधिकारीहरू रहेको सचिवालय गठन गरिएको छ ।

बैठकले कार्तिक २१ गते अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यतामा मकवानपुर र चितवन जिल्लाको संयुक्तरूपमा हेटौंडामा अभिमुखीकरण कार्यक्रम गर्ने र जिफन्ट आवद्ध युनियनहरूको स्थानिय तहसम्म अभियान संचालन गर्न सचिवालय सदस्यहरूलाई सहजीकरणको जिम्मा दिईएको छ ।

बैठकमा अभियान संयोजक तथा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिव महेन्द्रलाल श्रेष्ठ र वागमती प्रदेश अध्यक्ष रामहरी नेपालले उद्देश्य, कार्ययोजना र आगामी गतिविधिबारे प्रकाश पार्नु भएको थियो।