गण्डकी प्रदेश अन्तरगत बिभिन्न कमिटीहरूमा श्रमिक सम्बाद सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्टद्वारा बदलियको राजनैतीक परिवेशमा श्रमिक सम्बाद कार्यक्रम गण्डकी प्रदेश अन्तरगत बिभिन्न कमिटीहरूमा जिफन्ट उपाध्यक्ष सीता लामाको नेतृत्वमा सम्बाद कार्यक्रम अयोजना गरेको छ ।
जिफन्ट आबद्ध नेस्वहोमयु अन्तर्गत होटल ल्याण्डमार्क, पोखरा ग्रान्ड बाराही, डल्फिन लगायतका होटेलहरूमा सम्पन्न भयो ।

त्यसैगरी ह्वीन अन्तर्गत सुर्य नेपाल, जानकी ग्यास, महेन्द्र ब्रिक उधोग, गोर्खा बुअरी, सिजि फुड्स, सिजी प्याकेजिङ्ग र सिजी सिमेन्ट प्रतिष्ठानहरूमा पनि सो कार्यक्रम भएको छ ।

कास्की, तनहु, म्याग्दी, स्याङजा, बागलुङ र पर्वत जिल्लामा क्युपेक-नेपाल, नेयास्वमसं, नेस्ट, नाबुन, ओम्स नेपाल र हुनको जिल्ला स्तरीय कार्यक्रम सम्पन्न भएको छ ।

जिफन्ट गण्डकी प्रदेश युवा तथा महिला कमिटी र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल शिक्षण अस्पताल र  हिमालय आँखा अस्पतालमा पनि श्रमिक सम्बाद कार्यक्रम सम्पन्न भएको भएको छ ।