व्यापारिक विद्युत विवादको कारण धमाधम विभिन्न उद्योग कारखानाहरु अनिश्चितकाल बन्द हुंदा प्रत्यक्ष रुपमा २० हजारभन्दा बढी श्रमिकहरुको रोजगारी संकटमा परेको सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) को गम्भीर ध्यानाकर्षण भएकोले कार्तिक ११ गते जिफन्टले प्रेश बिज्ञप्ती जारी गरेको छ ।
विविध परिस्थितिमा उद्योग कारखानाहरुमा विद्युत आपूर्ती र महसुलको बारेमा वर्षौदेखि भएका विवाद र सरकारले सम्बन्धित पक्षहरुसङ्ग बसेर निर्णय गरिसकेको वर्तमान अवस्थामा उर्जा, जलस्रोत र सिंचाई मन्त्रालयले एकतर्फी ढङ्गले उत्पादन तथा श्रमिकको रोजगारीमा समेत असर पर्ने गरी लिएको निर्णय र प्रतिकृया स्वरुप प्रतिष्ठानहरुले कम्पनी नै बन्द गर्ने अवस्था आउनुलाई सहज ढङ्गले लिन नसकिने बिज्ञप्तिमा उल्लेख गरेको छ ।
बिज्ञप्तीमा यी सबै परिस्थिति निर्माण हुनु प्रति श्रमिकहरुको कुनै आग्रह र भूमिका छैन तर, बिना कारण यसरी रोजगारी संकटमा पर्नु सहन सक्ने विषय नभएकोले तत्काल सहमतिपूर्ण निकास निकालेर परिस्थिति सामान्यिकरण गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दै अन्यथा श्रमिक र सम्बन्धित युनियनहरुले आ-आफ्ना कार्यथलो, रोजगारी तथा अधिकार संरक्षणको लागि सशक्त कदम चाल्न वाध्य हुने समेत जिफन्टले जनाएको छ ।