श्रम स्वीकृतिको प्रणालीमा आउनुपहिले राष्ट्रिय परिचयपत्र अनिवार्य

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई दिइने अभिमुखीकरण तालिम राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीमा जोडिएको छ । 

यसका लागि वैदेशिक रोजगारमा जाने व्यक्ति श्रम स्वीकृतिको प्रणालीमा आउनुपहिले राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीमा आवद्ध भईसकेको हुनुपर्नेछ । 

वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलका अनुसार पहिलो चरणमा अभिमूखीकरण तालिममा व्यक्ति पहिचानमा मात्र प्रणाली आवद्ध गरिएको र आउँदा दिनमा क्रमशः श्रम स्वीकृति, स्वास्थ परिक्षण र अध्यागमनको प्रणालीसँग आवद्ध गरी वास्तविक व्यक्ति पहिचान गर्न सकिनेछ ।