सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन तिहारपछि, जलेका लाइसेन्सबारे अझै अन्योल
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीको बार्हौ बैठक प्रदेश अध्यक्ष बिष्णु बहादुर खत्रीको अध्यक्षता मिति असोज २५ गते पोखरामा सम्पन्न भयो ।
जिफन्ट गण्डकी अध्यक्ष रुद्र बहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले संगठन प्रदेश कमिटिको तेस्रो अधिवेशन आगामी मंसिर १३ गते आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकलाई संबोधन गर्दै प्रमुख अतिथि खत्रीले बर्तमान परिवर्तित परिस्थितिमा संगठनको भुमिका, संगठनका नेता कार्यकर्ताको काम, कर्तब्य,अपनाउनु पर्ने तरिका, श्रमिक माथि हुन सक्ने अन्याय, अत्याचार र बिभेदका बिरुद्द शसक्त भुमिका निर्बाह गर्नुपर्ने कुरा बताउनु भएको थियो ।