हामी नर्स हौँ, मेसिन होइनौः मणिपाल अस्पतालमा कार्यरत नर्स

पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरूले तलब वृद्धि लगायतका माग राखेर सुरु गरेको आन्दोलन स्थगित भएको छ ।

असोज १९ गते नर्सहरूले तलब वृद्धिलगायतका माग राखेर अस्पताल परिसरमा धर्ना र नाराबाजी गरेका थिए । 

काममा ‘ओभरलोड’ भएको र काम अनुसारको परिश्रम नपाएको भन्दै आन्दोलित नर्सहरू असोज २० गतेबाट पुनः नियमित काममा फर्किएका हुन् ।

‘हामी नर्स हौँ, मेसिन होइनौ’ भन्दै उनीहरुले अस्पताल परिसरमै नाराबाजी गरे पछी असोज १९ गते राति भएको वार्तामा ७ दिनभित्र तलब समायोजन गर्ने सहमति भएको थियो ।

१२ सयभन्दा बढी डाक्टर, नर्स र कर्मचारीहरू कार्यरत मणिपाल शिक्षण अस्पतालमा १ साताभित्र माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।