जिफन्ट राष्ट्रिय महिला कमिटीद्वारा माननीय मन्त्री बिन्दु श्रेष्ठलाइ सम्मान

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) राष्ट्रिय महिला कमिटीद्वारा हरितालिका तीज २०८२ को सन्दर्भमा भाद्र २ गते शुभकामना आदान प्रदान तथा बधाइ कार्यक्रम सम्पन्न गरेको छ । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले तीज पर्वलाइ जिफन्टले संधै बर्गिय आन्दोलनमा केन्द्रीत भएर मनाउदै आएको बताउदै निरन्तर रूपमा आ-आफनो ठाउँबाट वर्गिय आन्दोलनमा लाग्दा सफलता हासिल गर्न सक्ने भन्नुहुंदै तीज पर्वको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्नु भयो ।

कार्यक्रममा जिफन्ट संसदीय तथा स्थानिय समन्वय परीषद सदस्य माननीय बिन्दु श्रेष्ठ बागमती प्रदेश उद्योग बाणिज्य, भुमी तथा प्रशासन मन्त्री हुनु भएकोमा जिफन्ट राष्ट्रिय महिलाले सम्मान गरेको छ ।

सम्मान ग्रहण गर्नु हुंदै माननीय मन्त्री बिन्दु श्रेष्ठले उद्योग बाणिज्य क्षेत्रलाइ श्रम मैत्री बनाउन ट्रेड युनियन आन्दोलनको सहयोग अपरीहार्य रहेको भन्नु हुंदै यस्कालागी जिफन्टको सहयोग आवश्यक रहेको बताउदै जिफन्टको कार्यकर्ताको हैसीयतले जिफन्टको प्रतिष्ठामा आंच अउने कुनै पनिकाम आफुबाट नहुने प्रतिवद्धता पनि ब्यक्त गर्नु भएको छ ।

जिफन्ट राष्ट्रिय महिला कमिटी अध्यक्ष सीता लामाले कार्यक्रमको अध्यक्षता गर्नु हुदै समाजमा रहेको कु–रीती तथा कु-सस्कारलाई तोड्दै श्रमिक महिलालाइ संगठनमा आवद्ध गर्दै समता मुलक समाज निर्माणमा लाग्न आग्रह गर्नु भयो ।

राष्ट्रिय महिला कमिटी उपाध्यक्ष कमला तामाङले अतिथी तथा सहभागीहरूलाइ स्वागत गर्नु भएको कार्यक्रमको संचालन राष्ट्रिय महिला कमिटी सचिब बिजया खड्काले गर्नु भएको थियो । 


कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122165122196435116&type=3