जिफन्ट युवा कमिटीले २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनायो

नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) युवा कमिटीले २५ औं अन्तर्राष्ट्रिय युवा दिवस (अगस्ट -१२) को सन्दर्भमा युवा श्रमिकको अधिकार, अति दक्षिणपन्थी र लोकप्रियतावादी भडकाउ विषयक अन्तरक्रिया कार्यक्रम श्रावण २७ गते जिफन्ट हलमा सम्पन्न गरेको छ ।

प्रमुख अतिथि जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले संसारका हरेक परिवर्तनहरू युवाहरूको शक्तिबाट नै हुने गरेको भन्नु हुँदै नेपालको श्रम बजारमा देखिएका चुनौतीहरूलाई पनि सामना गर्न युवा श्रमिकहरू नै लाग्नु पर्नेमा जोड दिनु भएको छ । युवाहरू लोकप्रियतामा बढी रमाउने र सस्तो लोकप्रियताकोलागि जे गरेपनि हुन्छ भन्ने मानसिकता त्यागेर सत्यको पक्षमा समर्पित भएर न्यायको पक्षमा निरन्तर लागी रहदा सफलता हासिल हुन्छ भन्ने कुरालाई ध्यान दिन युवाहरूलाई आग्रह गर्नु भयो । 

युवा कमिटी अध्यक्ष बिकी श्रेष्ठले अन्तर्राष्ट्रिय युवा दिवसको बारेमा प्रकाश पार्नु भएको कार्यक्रमको संचालन सचिब बिकेश खड्का र स्वागत निरोज घिमिरेले गर्नु भएको थियो ।
 

कार्यक्रमको थप फोटोकोलागी लिंकमा क्लीक गर्नुहोस्

https://www.facebook.com/media/set/?set=a.122164436420435116&type=3