नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) बागमती प्रदेश कमिटीद्वारा माइक्रोसेडिङ र रसियन हेयरस्टाईल सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ ।
जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले साउन २१ गते तालिमको शुभारम्भ गर्नु हुँदै समयको परिवर्तनसँगै आफूले जानेका सीपलाई समय अनुकूल निखारिँदै जानु पर्ने भन्दै तीव्र रूपमा भइरहेको प्रविधिको विकाससँगै श्रमिकहरूले पनि बदलिँदो समय र परिस्थिति अनुकूल आफूलाई पनि परिवर्तन गर्न सक्नु पर्ने बताउनु भएको छ ।
तालिमको शुभारम्भ कार्यक्रममा नाबुन सचिव सुजना जोशीले नाबुनले नियमित रूपमा युनियनका सदस्यहरूको दक्षता अभिवृद्धि तालिम सञ्चालन गर्दै आइरहेको बताउनु भएको कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष करुणा पुरीले गर्नु भएको थियो भने सञ्चालन सचिव सरिता सिवाकोटीले गर्नु भएको थियो ।
चन्द्रकला छन्त्याल र सोनिया राईले माइक्रोसेडिङ र रसियन हेयरस्टाइल सम्बन्धी दिने तालिम ३ दिनसम्म सञ्चालन हुने छ ।
कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122163718532435116&type=3