मधेश प्रदेशमा जिफन्ट महिला कमिटी र ह्विनको बैठक सम्पन्न

जिफन्ट आबद्ध समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) मधेश प्रदेश कमिटीको साउन २३ गते सम्पन्न २१ औँ बैठकले अगामी १ वर्षको लागि कार्ययोजना तयार गरेको छ । 

प्रदेश अध्यक्ष रामतपसी साहको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश कमिटी सदस्यहरूको कार्य विभाजन गरेको छ । बैठकमा ह्वीन अध्यक्ष आनन्द थामी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

सोही दिन जिफन्ट मधेश प्रदेश महिला कमिटीको बैठक अध्यक्ष सरिता नेपालको अध्यक्षता सम्पन्न भएको छ । जिफन्ट मधेश प्रदेश अध्यक्ष कमलेश झा र जिफन्ट प्रदेश महिला इन्चार्ज गीता भण्डारीको उपस्थितिमा सम्पन्न बैठकले अगामी साउन ३१ गते हरितालिका तीज मनाउने निर्णय गरेको छ ।