जिफन्ट राष्ट्रिय महिला कमिटी अध्यक्ष तथा जिफन्ट उपाध्यक्ष सीता लामाले स्याहार क्षेत्रको काम मर्यादित हुनु पर्ने भन्नु हुदै ती श्रमिहरूको ट्रेड युनियन अधिकार सहितको पहिचान आवश्यक रहेको बताउनु भएको छ ।
उपाध्यक्ष लामाले नेपाल उधोग बाणिज्य महासंघ सुदुरपस्चिम प्रदेशको आयोजनामा साउन २२ गते सम्पन्न स्याहार क्षेत्रको नीति निर्माणको आवश्यकता तथा अवसरहरूको बारेमा आयोजित परामर्श कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
सुदुरपस्चिम प्रदेश नीति आयोग उपाध्यक्ष जिवन रानाको प्रमुख आतिथ्यतामा भएको परामर्श कार्यक्रममा नेपाल उधोग बाणिज्य महासंघ रोजगारदाता परिषद अध्यक्ष ज्योत्सना श्रेष्ठ लगायत बक्ताहरूले भनाइ राख्नु भएको थियो ।