इजाजत पत्र नै नलिई श्रमिक आपूर्ति गर्ने कम्पनीलाई दुई लाख जरिबाना

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज, फाल्कन सर्भिसिस कम्पनी र कमल पोखरी सपोर्ट सर्भिस कम्पनीलाई श्रम ऐन २०७४ अनुसार श्रमिक आपूर्तिकर्ताको इजाजत पत्र नै नलिई श्रमिक आपूर्ति गरेको पाइएपछि ती कम्पनी र मेडिकल कलेजलाई दुई/दुई लाख जरिबाना गरेको छ ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले पछिल्लो समयमा इजाजत नलिएका श्रमिक आपूर्ति कम्पनीले गैर कानुनी तरिकाले श्रमिक आपूर्ति गर्ने गरेको पाइएकाले त्यस्ता आपूर्ति कम्पनीबाट सचेत हुन सबै प्रतिष्ठानलाई आग्रह समेत गर्नुभएको छ । 

यस अवधिमा ३५५ वटा श्रमिक आपूर्तिकर्ता कम्पनीको इजाजत पत्र नवीकरण गरेको छ भने २८३ वटा श्रमिक आपूर्तिकर्ता कम्पनीको निरीक्षण गरेको विभागले जनाएको छ ।