उत्पादन र उत्पादकत्वको बिस्तार आन्तरिक रोजगारीको दिगो आधार भन्ने मूल नाराका साथ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ काठमाण्डैमा फागुन २६ गते देखि सुरु भएको छ ।
सम्मेलनको उद्घाटन गर्नु हुदै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमी विकास भएमा मात्र रोजगारको विकास हुने भए पनि श्रमिकहरूलाई जिउन पुग्ने ज्याला नभए सम्म उत्पादन र उत्पादकत्वको बिस्तार नहुने बताउनु भएको छ ।

श्रमशक्तीको विकासबाट मात्र उत्पादन र उत्पादकत्व बिस्तार हुने हुनाले उद्यमीहरू परम्परागत नभई आधुनिकतालाई अत्मासातगरी अगाडी बढ्न सके मात्र प्रगति हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।
उद्धधाटन कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसित भण्डारी र उद्योग तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उत्पादन र उत्पादकत्वको बिस्तार र रोजगारीको दिगो आधार तयार गर्ने बारेमा मन्तव्य राख्नु भएको थियो ।

उद्धधाटन कार्यक्रम पछि भएको प्लेनरी सत्रमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नेपाली जनताको निर्वाहमुखी रोजगारीको विकल्पको खोजी गरी स्वरोजगारी विकाश, शीप अभिवृद्धि र उद्यमशीलता विकाश गर्दे नेपालमा विदेशी कामदारको संख्या घटाउने रणनीतिको तर्जुमा गर्न जरुरी रहेको बताउनु भएको छ ।
अध्यक्ष श्रेष्ठले श्रमिकको जीवन सुरक्षाको प्रत्याभुती दिलाउन जरुरी रहेको भन्नुहुँदै आम रूपमा योगदानमा आधारीत सामाजिक सुरक्षाको विषय कार्यान्वयनको अभावमा देश भित्रको रोजगारीवाट युवा शक्तिले सुरक्षित महसुस गर्न नसकेको कारणले श्रम क्षेत्रमा श्रमिक अभाव देखिन थालेको बताउनु भएको छ ।
थप फोटोकोलागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122143927268435116&type=3