जिफन्टले देशभर ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायो

नेपाल ट्रेड युनियन महासंघ जिफन्टद्धारा स्याहार क्षेत्रका श्रमिकको रोजगारी, ज्याला, संवाद र सामाजिक सुरक्षाको सुनिश्चितता नाराका साथ ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस फागुण २४ गते देशभर मनाएको छ । 

जिफन्ट राष्ट्रिय महिला कमिटीले काठमाण्डौमा समानकामको समान ज्याला, योगदानमा आधारीत सामाजिक सुरक्षा, श्रमिक पञ्जिकरण कार्यान्वयन, जिउन पुग्ने ज्याला लागु गर आदी नारा लेखिएका प्ले कार्ड, ब्यानर सहित भृकुटी मण्डपबाट सुरु भएको प्रभात फेरी, भद्रकाली, सुन्धारा, रत्नपार्क, पुरानो बसपार्क हुँदै जिफन्ट प्लाजामा कोणसभामा परिणत भएको थियो । 

जिफन्ट राष्ट्रिय महिला कमिटी सचिव विजया खड्काले सञ्चालन गर्नु भएको कोणसभालाइ सम्बोधन गर्नु हुदै जिफन्ट राष्ट्रिय महिला कमिटी अध्यक्ष तथा जिफन्ट उपाध्यक्ष सीता लामाले सहभागी सबैलाई धन्यवाद दिनु हुदै अन्तर्राष्ट्रिय श्रमिक दिवसको बारेमा चर्चा गर्नु भएको थियो । 

त्यसैगरी जिफन्ट कोसी प्रदेश अन्तरगत प्रदेश महिला कमिटी अध्यक्ष डोमा गिरीको अध्यक्षतामा प्रदेश कमिटी अध्यक्ष किशोर धमलाको प्रमुख आतिथ्यतामा बिराटनगरमा, जिफन्ट उदयपुर जिल्ला समन्वय कमिटीले जिफन्ट उपाध्यक्ष बिदुर कार्कीको प्रमुख अतिथ्यतामा ११५ औँ अन्तरर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

जिफन्ट मधेश प्रदेश महिला कमिटीले जिफन्ट उपाध्यक्ष मन्जुसारू मगरको प्रमुख आतिथ्यतामा सिमरामा र धनुषा जिल्लाको जनकपुरमा श्रमिक र्याली तथा सभाको आयोजना अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । 

बागमती प्रदेश अन्तरगत मकवानपुर जिल्ला समन्वय कमिटीको आयोजनामा हेटौडामा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा श्रमिक महिला दिवस आयोजना गरेको छ भने, गण्डकी प्रदेश अन्तरगत प्रदेश महिला कमिटीले पोखरामा गण्डकी अध्यक्ष रुद्र खत्रीको प्रमुख आतिथ्यतामा र म्याग्दी, पर्वत जिल्ला समन्वय कमिटीले बेनी, कुस्मा र नवलपुर जिल्ला समन्वय कमिटीले सि जी फुड्स र गोर्खा ब्रुअरीमा  ११५ओैं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम सहित सम्पन्न गरेको छ ।

जिफन्ट लुम्बिनी प्रदेश अन्तरगत प्रदेश महिला कमिटीले रुपन्देही, कपिलवस्तु, बाँके, बर्दियामा, कर्णाली प्रदेश महिला कमिटीले सुर्खेतमा र सुदूरपश्चिम प्रदेश महिला नेपाल कम्युनिस्ट पार्टी एमाले पोलिटब्युरो सदस्य लीला भण्डारीको प्रमुख आतिथ्यतामा धनगढीमा स्याहार क्षेत्रका श्रमिकको रोजगारी, ज्याला, संवाद र सामाजिक सुरक्षाको सुनिश्चितता नाराका साथ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०८१ मनाएको हो । 


 थप पोटोकोलागी तलको लिंकमा क्लिक गर्नुहोस्।

https://www.facebook.com/media/set/?set=a.122143344560435116&type=3