स्याहारको काम महिला श्रमिकको अवस्था विषयमा नीतिगत छलफल सम्पन्न

अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२५ को सन्दर्भमा नेपालमा स्याहारको काम महिला श्रमिकको अवस्था विषयमा नीतिगत छलफल कार्यक्रम फागुण २३ गते जिफन्ट सभाहल, पुतलीसडकमा सम्पन्न भयो ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट राष्ट्रिय महिला कमिटीद्धारा आयोजित सो कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले स्याहार क्षेत्रमा काम गर्ने श्रमिकको समस्या केवल महिलाको मात्र नभएर सिंगो ट्रेड युनियन आन्दोलनको मुद्धा रहेको बताउनु भएको छ ।

कार्यक्रममा जिफन्ट राष्ट्रिय महिला कमिटी अध्यक्ष तथा जिफन्ट उपाध्यक्ष सीता लामाले कार्यक्रमको औचित्य र स्याहारको क्षेत्रमा काम गर्ने श्रमिकहरूको वर्तमान अवस्था र चुनौतीका बारेमा प्रकाश पार्नु भएको थियो । 

त्यसैगरी स्याहार सुसार क्षेत्रको कामको बारेमा नेपाल सरकारको अवधारणा, नीति, कार्यक्रम र योजनाका बारेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय कार्यक्रम निर्देशक तथा सहसचिव एवम प्रवक्ता डण्डुराज घिमिरेले, स्याहार सुसार क्षेत्रको कामको बारेमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन नेपाल (ILO) को अवधारणा, नीति र योजनाका बारेमा ILO का कार्यक्रम अधिकृत बिना कुँवरले र नेपालमा स्याहार सुसार क्षेत्रको कामको बारेमा सामाजिक संस्थाहरुको दृष्टिकोण, पहलकदमीहरू र सुझावहरूका बारेमा सोलिडारिटी सेन्टर नेपालका राष्ट्रिय लुना रञ्जितले प्रकाश पार्नु भएको थियो । 

त्यसैगरी जिफन्ट कर्णाली प्रदेश महिला कमिटीको आयोजनामा नेपालमा स्याहारको काम महिला श्रमिकको अवस्था विषयमा छलफल कार्यक्रम गरेको छ ।

जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्द्रा कुमारी धामीको प्रमुख आतिथ्यतामा, कर्णाली प्रदेश महिला कमिटी अध्यक्ष धर्मा सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो । 
 

थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122143225730435116&type=3