बैङ्क तथा वित्तिय क्षेत्रमा श्रम ऐन आकर्षित नहुने सर्वौच्चको फैसला र प्रभावबारे अन्तरक्रिया

लेवर ल एकेडेमीको आयोजना र आईटियुसी आवद्ध समिती नेपालको सहकार्यमा फागुण १७ गते काठमाण्डौमा बैङ्क तथा वित्तिय क्षेत्रमा श्रम ऐन, २०७४ आकर्षित नहुने गरी सर्वौच्च अदालतबाट भएको फैसला र त्यसले श्रम बजारमा पार्ने प्रभावको विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा जिफन्टका संरक्षक बिष्णु रिमालले श्रम ऐन, २०७४ वर्ग संघर्षको सम्झौताको उपज भएको बताउनु भएको छ ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले नयाँ स्वरुपको एकिकृत ट्रेड युनियन आन्दोलनको निर्माणको विकल्प नरहेको बताउनु भएको थियो । 

लेवर ल एकेडेमीका अध्यक्ष अधिवक्ता युवराज लुईटेलको अध्यक्षता र सचिव अधिवक्ता भक्तिराम घिमिरेले संचालन गर्नु भएको सो कार्यक्रममा अखिल नेपाल  ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडा, नेपाल  ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवर लगायतले धारण राख्नु भएको थियो । 


थप फोटोकोलागी तलको लिंकमा क्लिक गर्नुहोला

https://www.facebook.com/media/set/?set=a.122142393788435116&type=3