राइडर्स युनियन नेपाल (रन)को काठमाडौ जिल्ला भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट आबद्ध युनियन राइडर्स युनियन नेपाल (रन)को माघ १९ गते जिफन्ट स्कुल अनामनगरमा सम्पन्न काठमाडौ जिल्ला भेलाले पदम बहादुर रसाइलीको अध्यक्षतामा १८ सदस्यीय जिल्ला सम्मेलन आयोजना कमिटी गठन गरेको छ ।

राइडर्स युनियन नेपाल (रन) केन्द्रीय अध्यक्ष माधव प्रसाद पान्डेको प्रमुख अतिथ्यमा सम्पन्न सो भेलाको सञ्चालन रन केन्द्रीय महासचिव सन्तोष खतिवडाले सञ्चालन गर्नु भएको थियो ।