हेटौंडा सिमेन्ट बन्द भएपछि श्रमिकहरूले आर्थिक जटिलताहरू खेप्दै

हेटौंडा सिमेन्ट बन्द  भएपछि त्यहाँ कामगर्ने श्रमिकहरूले आर्थिक जटिलताहरू खेप्दै आइरहेकोमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले चिन्ता व्यक्त गरेको छ । 

उपकरण बिग्रिएको भन्दै  गत असोज १५ गतेदेखि सिमेन्ट फ्याक्ट्रीले उत्पादन बन्द गरेको हो ।

उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले भने उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ताको व्यवस्थापन भइरहेको दावी गर्नुभएको छ । 

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले हेटौंडा सिमेन्ट उद्योगले उत्पादन गर्न नसक्दा श्रमिक र आश्रित परिवार, निर्माण क्षेत्र र अर्थतन्त्रमा एकसाथ पर्न गएको असरका बारेमा सरोकारवालाहरू गम्भीर हुन आवश्यक रहेको बताउनु भएको छ ।