मेडिकल कलेजको आन्दोलन श्रमजीवी वर्गको न्याय पूर्ण आन्दोलनः अध्यक्ष बिनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ जिफन्टले लर्ड बुद्ध एजुकेशनल एकेडेमीद्वारा संचालित नेपालगन्ज मेडिकल कलेजमा जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै तत्काल श्रमिकहरूको जायज मागलाइ सम्बोधन गर्न ब्यवस्थापकलाई सचेत गरेको छ । 

अध्यक्ष श्रेष्ठले संसारमा कहिले पनि न्याय र सत्यले हारेको इतिहास नभएको भन्दै यस मेडिकल कलेजको श्रमिक आन्दोलन पनि श्रमजीवी वर्गको न्याय पूर्ण आन्दोलनमा रहेको हुनाले कुनै पनि शक्तिले परास्त गर्न नसक्ने ढिलो वा चाँडो श्रमजीवी वर्गको न्यायपूर्ण संघर्षको जित निश्चित रहेको बताउनु भयो । 

वर्तमान श्रम कानुनले दिएको अधिकारलाई प्रयोग गर्दै व्यवस्थापन समक्ष संस्थामा क्रियाशील युनियनबाट असार ४ गते श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ बमोजिम ७ बुँदे मागपत्र पेश गरे पछि व्यवस्थापन पक्षबाट बेवास्ता गरेको कारण श्रम कार्यालय नेपालगन्जमा दुई पटक वार्ता भयो तर पनि समाधान भएन त्यस पछि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा समेत छलफल भयो त्यहापनी समाधान नभको भन्दै अध्यक्ष श्रेष्ठले व्यवस्थापन पक्षबाट देखाएको गैरजिम्मेवारपनको नतिजा नै यो आन्दोलन रहेको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले आन्दोलन श्रमिकहरूको रहर नभएको भन्नु हुँदै आन्दोलनलाइ निस्तेज पार्न विभिन्न तिकडमहरू हुनसक्छ त्यसबाट तपाइहरूको न्यायपूर्ण आन्दोलन सतिसाल झैँ अभिने विश्वास सहित तपाइहरूको आन्दोलनमा नेपालको ट्रेड युनियन मात्र नभई अन्तराष्ट्रिय ट्रेड युनियन आन्दोलको पनि साथ रहेको बताउनु भयो ।