जिफन्ट सहयोग समूह कतारले असोज १८ गते कतार स्थित अल्खोर एरियामा सम्पन्न भेलाले रबिन रूचालको अध्यक्षतामा ११ सदस्य अल्खोर एरिया कमिटी गठन गरेको छ ।
जिफन्ट सहयोग समूह कतारका अध्यक्ष समुन्द्र खड्काको अध्यक्षता तथा प्रमुख सल्लाहकार तथा प्रवासी नेपाली मञ्च कतारका सचीव शेषराज तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेपाल पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष अर्जुन पौडेल, जिफन्ट सहयोग समूह उपाध्यक्ष गुमान सिं बिश्वकर्मा, आर्थिक सचीव सल श्रेष्ठ लगायत अतिथि रहनु भएको भेलाको संचालन कार्यबाहक महासचिव लोक जोगीले र सचिव गिरि प्रसाद दर्लामीले स्वागत गर्नु भएको थियो ।