उद्दार कार्यमा जुट्न जिफन्टका कार्यकर्ता तथा सदस्यहरूलाई अनुरोध

गत शुक्रवारदेखि परिरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरो तथा दुबानले जनजीवन अस्तव्यस्त बनेको छ । 

मानविय र भौतिक क्षति भएको विवरणहरू आईरहेका छन् । सडक अवरूद्धका कारण सयौं संख्यामा यात्रुहरुको विचल्ली भएका छन् । 

यस्तो प्राकृतिक प्रकोपको कारण अप्ठ्यारो अवस्थामा रहेका जो कोहीलाई मद्दत गर्न र नजिक पर्ने स्थानहरूमा आफु सुरक्षित हुदै सुरक्षित तरिकाले उद्दार कार्यमा जुट्न नेपाल ट्रेड युनियन महासंघ जिफन्टका कार्यकर्ता तथा सदस्यहरूलाई परिचालन गर्न सम्बन्धित कमिटीहरूलाइ निर्देशित गरीएको छ । प्रस्तुत छ जिफन्ट टोलीद्वारा असोज १२ गते अपरान्ह टेकु, दोभानबाट उद्दार गरिएको दृश्य ।