जिफन्ट ऐक्यबद्धता कोषबाट सहयोग हस्तान्तरण

नेपाल स्वास्थ्य स्वयंसेवी संघ कीर्तिपुर नगर कमिटी सदस्य शोभा बस्नेत र क्युपेक नेपाल बुढानीलकण्ठ १३ वडा सदस्य प्रेम श्रेष्ठलाई जिफन्ट ऐक्यबद्धता कोषबाट उपचार सहयोग प्रदान गरेको छ ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बागमती प्रदेश अध्यक्ष  रामहरि नेपालले मुटु रोगबाट पीडित शोभा बस्नेतलाई भदौ ३० गते नगद रू २५ हजार हस्तान्तरण गर्नु भएको हो ।

त्यसैगरी निर्माण काम गर्ने क्रममा लडेर प्यारालाइसिस हुनु भएका प्रेम श्रेष्ठलाई भदौ ३१ गते जिफन्ट उपमहासचिव नरनाथ लुइँटेलले नगद रू २५ हजार हस्तान्तरण गर्नु भएको हो ।

नेपाल यातायात स्वतन्त्र मजदुर सगठन मोरङ जिल्ला संस्थापक अध्यक्ष कमल बुढाथोकीलार्इ जिफन्ट ऐक्यबद्धता कोषबाट उपचार सहयोग हस्तान्तरण गरेको छ ।

क्यान्सर रोगबाट पीडित बुढाथोकीलार्इ असोज १ गते विराटनगरको बसपार्कमा एक कार्यक्रमको आयोजनागरी जिफन्ट कोशी प्रदेश कमिटी अध्यक्ष किशोर धमलाले नगद २५ हजार हस्तान्तरण गरेको हो । 

त्यसैगरी क्यान्सर रोग लागेर मृत्यु भएकी नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) की सदस्य बुढानीलकण्ठ वडा नं ४  बस्ने रमा धितालको परिवार लाई जिफन्ट ऐक्यबद्धता कोषको तर्फबाट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले २५ हजार नगद हस्तान्तरण गरेको छ ।