चिया कफि मजदुर युनियन नेपालले भदौ २४ गते हिमालय महालक्ष्मी चिया वगान दमकमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्यो ।
चिया बगानमा काम गरे कै कारण लाग्नसक्ने रोग र यसबाट बच्ने उपाय, काम गर्दा अपनाउनु पर्ने सावधानी र व्यक्तिगत सुरक्षा सामाग्रीको प्रयोगका बारेमा जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारीले प्रशिक्षण दिनु भएको थियो ।