सौर्य सिमेन्टमा चरम श्रम शोषण

सिरहा जिल्लास्थित सौर्य सिमेन्ट उद्योगमा स्थापनाकालदेखि कार्यरत श्रमिकहरुमाथी चरम श्रम शोषण गरिएको विषयलाई लिएर श्रम आन्दोलनमा क्रियाशील  आर्इटियुसी न्याक आबद्ध नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट लगायत अन्य कुनै पनि यूनियनका श्रमिक कर्मचारीलाई नियुक्ति तथा सुविधा नदिई रोजगारदाताले राज्यलाई समेत गुमराहमा राखेको जानकारी प्राप्त भएको छ । 

अधिकांश भारतीय कामदार प्रयोग गरी उद्योग सञ्चालन गर्दै श्रम ऐन र श्रमिक अधिकारको खिलाफमा रहेकोले ३ वटा ट्रेड युनियन महासंघले भदौ १५ गते कोणसभा गरेर बिरोध जनाएका छन् । उद्योग परिसरमा आयोजित कोणसभामा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले रोजगारदाता समस्या समाधानका लागि नआए कानुन बमोजिक कार्वाहीमा लाग्न पछि नपर्ने चेतावनी दिनुभएको छ ।